१७ औ सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

२०७१ चैत्र ६ गते, शुक्रबार

काठमाडौँ । नेकपा माओवादीले काभ्रेको पाँचखालमा १७ औ सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ | आज भन्दा ठिक १७ वर्ष अघि २०५५ चैत्र ५ गते आततायी सरकारका जल्लादहरुले काभ्रेको अनेकोटमा सारंगी र मादल बोकेर आफ्नो गाउँवस्ती जगाउंदै हिंडिरहेका सात जना जनकलाकारहरुको बीभत्सपुर्ण ढंगले हत्या गरेको थियो। तीनै महान सहिदहरुको सम्झनामा नेकपा माओवादीले अनेककोटको आँगनमा सहिद परिवार बेपत्ता योद्दा परिवारहरुलाई साक्षी राखेर प्रतिरोध दिवस मनाएको हो |सैयौंको संख्यामा भेला भएका संस्कृतिकर्मीहरुले कविता गित र अपेरा प्रस्तुत गर्दै जनयुद्दको सम्झना गरेका थिए |
प्रमुख अतिथि अनिल शर्मा विरहीले कार्यक्रमलाई सम्बोधन गर्दै भने “साँस्कृतिक प्रतिरोध दिवस भनेको सहिद दिवस पनि हो |त्यसैले सांस्कृतिक प्रतिरोध दिवस मनाउनु भनेको क्रान्तिको निम्ति प्रतिवद्दता जाहेर गर्नु पनि हो |सहिद परिवारलाई सम्बोधन गर्दै आफ्ना प्रियजन गुमाउनेहरुको मनमा धेरै प्रश्नहरु छन् बोल्नेहरुको भन्दा नबोल्ने हाम्रो वरिपरी बसिरहनु भएका सहिद परिवारका मनहरुमा धेरै प्रश्नहरु छन् जसलाई बुझ्न धेरै गाह्रो हुने गर्छ | यो असाध्यै पीडादायी क्षण हो | गणतन्त्र आयो भनेर मान्छेहरु भन्छन तर उनले प्रश्न गरे त्यो गणतन्त्र हाम्रो जीवनमा कहाँ छ ? हिजो हाम्रा दिदि बहिनीहरुलाई बम्बईमा बेच्ने गर्थ्यो पुरानो सत्ताले अहिले बम्बई विस्तार भएर अरबका मुलुकहरु हुँदै तान्जानिया सम्म चेलीबेटी बेचिरहेको छ |फरक यत्ति हो हिजो कानुन छलेर बेच्थे अहिले कानुन बनाएर बेचिरहेका छन् |जनयुद्द शुरु गर्नु अगाडिको दिनलाई सम्झदै चैत्र २३ गते नयाँ सडकमा शेर बहादुरको सरकारले जुलुशमा सहभागी कमरेडहरुलाई गोलि ठोकेको थियो |त्यतिबेला शेरबहादुरले गोलिको आँखा नभएकाले गोलि लागेको बताएका थिए |त्यसैले हामी माओवादीले शेरबहादुरको बन्दुकको विरुद्द लड्न बन्दुक उठाएर लडेका थियौं |अहिले आएर फेरी कांग्रेस र एमालेले माओवादी विरुद्द दमनको भाषा बोलेको प्रति आक्रामक रुपमा प्रस्तुत हुँदै उनले ५२ साल तिर फर्केर ईतिहास बाट शिक्षा लेउ अन्यथा गम्भीर परिणाम बेहोर्नु पर्ने भनेर सुझाव दिएका थिए | उनले वर्तमान आर्थिक अवस्था बारे सचित्र व्याख्या गर्दै जनतालाई भने तपाईको पांचखालमा आलु राम्रो उत्पादन हुन्छ त्यो आलु तपाइले बेच्दा सस्तो मुल्यमा तपाईले उस्तै परे घाटा खाएर बेच्नु पर्ने हुन्छ भने त्यो तपाईहरुले सस्तो मुल्यमा बेचेको आलु अन्य जनताले किन्नुपर्दा महँगो मूल्य तिरेर किन्नुपर्छ |बीच बाटोमा नै दलालले बेच्ने तपाई किसान र किन्ने आम नागरिकलाई ठगेर पैसा कुम्ल्याईरहेको छ र दलाल पुंजीजम्मा गरिरहेको छ |त्यसैले दलाल पूंजीवादको विरुद्द हामी सबैले मिलेर संघर्ष गर्न जरुरि छ | “
सो कार्यक्रममा सहिद परिवारको तर्फवाट आफ्ना भनाईहरु राख्दै आईत सिंह लामाले भने “सहिदको सपना साकार पार्न हामी फेरी रगत बगाउन तयार छौ |हाम्रो क्रान्ति जिन्दावाद भन्दै अबको हाम्रो बाटो क्रान्तिको बाटो हो |”
त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सुन्तली लामाले सहिदहरुले के का लागि लडे ?भावुक हुँदै उनीले भनिन हिजो हामीले बोकेको बन्दुक पड्किदैन भन्ने थियो तर हामीले त्यो बन्दुक जनताको पक्षमा पड्काएर प्रतिक्रियावादी जनताका दुस्मनहरुलाई ध्वस्त पारेका थियौं |
त्यस्तै तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक माणिक लामाले १७ वर्ष अगाडी च्यांग्बा लामा ,चिनीमाया श्रेष्ठहरु लगायत सहिदहरुको बलिदानको चर्चा हजारौ वर्ष सम्म पनि यो समाजले गरिरहनेछ | हामी ती महान सहिदहरुलाई सम्झिरहनेछौ |
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्यहरु बाबुराम गजमेर ,तेज बहादुर मिजारले सहिदहरुको सपना पुरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा अगाडी बढ्न सबै जनसमुदाय र आम कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए |
त्यस्तै गरि प्रतिरोध दिवसमा आफ्ना भूमिगत जीवनका क्षणहरुलाई सम्झदै माईला लामाले पुरानो सत्ता हातमा मादल र सारंगी बोकेका जनताका छोरा छोरीहरु संग आतंकित थियो |उनीहरुको आवाजलाई सुन्न नसकेर त्यतिबेलाका स्थानिय दलाल र सुराकीहरुको सहयोगमा जिउंदै जलाएको थियो | अत्यन्त भावनात्मक र आवेगपूर्ण शैलीमा प्रस्तुत भएका माईला लामाले पुरानो सत्तालाई सोधे १४ वर्षका मन्जु कुँवरलाई तिमीहरुले किन हत्या गर्यौ ?शुभद्रा सापकोटा र डम्बर सापकोटा लगायत महान सहिदहरुलाई सम्झदै पुरानो संसदीय व्यवस्था यथावत भएको भन्दै त्यसको विरुद्द क्रान्तिमा भाग लिन उनले जनतालाई आह्वान गरेका थिए |

प्रतिक्रियाहरु