१२ वर्षीया आमा र १३ वर्षीय पिताले घोर्ले छोरी जन्माए

२०७१ बैशाख ५ गते, शुक्रबार

१२ वर्षीया आमा र १३ वर्षीय पिताले घोर्ले छोरी जन्माए
काठमाडौं।बेलायतमा एक १२ वर्षीया बालिकाले छोरी जन्माएकी छन् । बच्चाका पिताको उमेर पनि मात्र १३ वर्षको मात्र छ । १३ वर्षका पिता र १२ वर्षकी आमा बेलायतमा सबैभन्दा कम उमेरका अभिभावक बनेका छन् ।१२ वर्षीया बालिकाले गत साता छोरी जन्माएकी हुन् । उनी ११ वर्षकै उमेरमा गर्भवती बनेकी थिइन् । त्यतिबेला उनी प्राथमिक विद्यालयमा अध्ययनरत थिइन् । बेलायतको यो सबैभन्दा कम उमेरका अभिभावक हुन् । यी बालिका बेलायतमा सबैभन्दा कम उमेरमा आमा बनेकी ट्रेसा मिडिलटनभन्दा पाँच महिना कान्छी हुन् ।बालिकाले ७ पाउण्डकी बालिका जन्माएकी हुन् । अहिले शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शिशु जन्म दिने बालिकाकी आमा २७ वर्षकी छिन् । जसको बेलायतमा सबैभन्दा कम उमेरमा हजुर आमा बनेकी छन् । कम उमेरमा आमा र बाबु र हजुरआमा बनेका परिवार आफूहरु निकै खुस रहेको बताएका छन् ।१२ वर्षीया आमाले आफ्नी आमा र एक अन्य महिलाका साथ गएर बच्चाको जन्मदर्तासमेत गराएकी छन् । यो कठिन अवस्थामा बालक र बालिकाका परिवार मिलेर स्याहार सुसार गरिरहेका छन् ।खबरअनुसार बालिकाले गत महिनाबाट मात्र विद्यालय जान छाडेकी थिइन् । उनका सहपाठीहरुका अनुसार उनी गर्भवती भएको कसैले अनुमानसमेत गरेका थिइनन् ।स्मरणरहोस्, बेलायतमा सबैभन्दा कम उमेरमा ट्रेसा मिडिलटन ११ वर्षको उमेरमा आमा बनेकी थिइन् । १२ वर्षको उमेरमा सन् २००६ मा एडिनबर्गमा उनले बच्चा जन्माएकी थिइन् । सबैभन्दा कम उमेरमा पिता बन्ने रेकर्ड बेडफोर्डका सीन स्टीवर्टको नाम छ । उनी सन् १९९८ मा १२ वर्षको उमेरमा पिता बनेका थिए ।नेशनल स्टैटिक्स फिगरले फेब्रुअरीमा जारी गरेको तथ्यांकअनुसार सन् १९६९ बाट १५ देखि १७ वर्षको उमेरमा आमा बन्नेको अनुपात प्रति १ हजार महिलामा २७.९ प्रतिशत थियो । सन् २०१२ मा १८ वर्षभन्दा कम उमेरमा २७ हजार ८ सय ३४ किशोरी आमा बनेका थिए । यो तथ्यांक २०११ मा ३१ हजार ५१ थियो । जुन दश प्रतिशत घटेको थियो । सन् २०१२ मा ५ हजार ४ सय ३२ किशोरी १६ वर्षभन्दा कम उमेरमा गर्भवती भएका थिए भने सन् २०११ मा यो संख्या ५ हजार ९ सय ९१ जना थियो । यसमा पनि ९.३ प्रतिशत कम भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु