सार्वजनिक यातायातको भाडामा १२ प्रतिशत वृद्धि

२०७६ जेष्ठ ३० गते, बिहीबार

काठमाडौं, ३० जेठ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायात क्षेत्रमा सन्चालित सबैखाले सवारी–साधनको हाल कायम भाडामा १२ प्रतिशतसम्म वृद्धि गरिएको जनाएको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ । कम्तीमा १० देखि १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।
यस्तै, विभागले असार १ गतेदेखि नै काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि ढुवानीका साधन चल्न नदिने निर्णय पनि गरेको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म ढुवानी तथा डेलिभरीका साधनहरु चल्न नदिइने विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार