हात्तीले रक्सी खाएपछि…

२०७६ चैत्र ८ गते, शनिबार

काठमाडौं, ८ चैत । चीनको दक्षिणी युनान प्रान्तको एक गाँउमा एक दिन अचानक १४ वटा हात्तीको बथान छिर्यो । गाँउमा रहेको मदिरा स्टोरमा तोडफोड डर्दै ती हात्तीहरुले मकैबाट बनेको ह्वीस्की खाए । केही फुटाए । रक्सी बनाउने सामाग्रीहरु जम्मै फुटाएर उत्पात मच्चाएको हात्ती मध्य केहीले ३० लिटर जति रक्सी पानी सम्झेर खाए शायद । त्यस पछि गाँउलेले विभिन्न उपाय निकालेर खेदे पछि हात्ती फेरी जंगलतिर लाग्यो । यो घटना यही मार्च महिनाको भएको बताईन्छ ।
त्यस पछि त्यो हात्ती चिया बगानमा पुग्यो । रक्सी खाएका हात्तीहरुको सन्तुलन विग्रन थाल्यो नशा चढ्दै गए पछि । दुई हात्ती एक आपसको सहारा बनेर उभिए । तर झुम भए पछि उनीहरु सगैँ चियाबगानमा सुतेको दृष्य अहिले निकै भाईरल बनिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु