हनुमानढोका दरबार क्षेत्रमा आउने पर्यटकलाई सास्ती

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौं , २६ साउन । विश्व सम्पदा सुचीमा रहेको नेपालको हनुमान ढोका दरवार क्षेत्र नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य नै मानिन्छ । तर, गोरखा भूकम्पले क्षति पु¥याएपछि हनुमान ढोकाको सौन्दर्यमा मात्र नभई यहाँ आउने पर्यटकमा समेत निराशा छाएको छ । स्वदेशी भन्दा विदेशी पर्यटकले बढी अवलोकन गर्ने हनुमानढोका क्षेत्रमा पुनर्निर्माण बाहेक साधारण सुविधा समेत नुहुँदा स्वेदशीसँगै विदेशी पर्यटक निकै दुःखी छन् । गोरखा भूकम्पले क्षति पु¥याएपनि हनुमान ढोका क्षेत्रको अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा कमी आएको छैन । सधैं उस्तै भीडले हनुमानढोकाको माहोल तातिएकै हुन्छ । तर, नेपाल आउने अधिकांश विदेशी पर्यटकले हनुमान ढोका अवलोकनका लागि आफूले तिर्ने रकम अनुसारको सुविधा नपाएकोमा दुःखी छन् । तीन वर्ष पूरा हुँदा पनि पुनर्निर्माण सम्पन्न नहुनु, हनुमान ढोका क्षेत्र हातामा पर्यटकका लागि कुनै सुविधा नहुनुले पर्यटकको मन हनुमान ढोका पुग्दा खिन्न हुने गरेको छ ।
नेपाल आउँदा मैले आशा धेरै गरेको थिएँ । तर, नेपाल आउँदा यहाँ भूकम्पले क्षति पु¥याएको तीन वर्ष हुँदा पनि पुनर्निर्माण नभएको देख्दा दुःख लाग्यो । अब अर्को पटक आउँदा भने हनुमान ढोका पुरानै स्वरुपमा निर्माण भएको देख्ने आशा छ ।हुन पनि विदेशी पर्यटकले हनुमान ढोका परिसर अवलोकन गर्न नेपाली एक हजार तिर्नुपर्छ । र, पर्यटकीय स्थलमा राजस्व संकलन गरे अनुसारको सुविधा र विकास नहुनु पक्कै पनि शोभनिय भने होइन । हनुमान ढोका परिसरमा स्वच्छ खानेपानी र शौचालय नभएको गुनासो स्वदेशी पर्यटकबाट पनि आउने गरेको छ । पर्यटकबाट उठाइएको राजस्वले पर्यटकका लागि सुविधा भन्दा पनि सांस्कृतिक धरोहरको पुनर्निर्माण र जिर्णोद्वारमा खर्च हुँदै आएको छ । जसलाई हनुमान ढोका दरबार क्षेत्र संरक्षक पनि स्वीकार्ने गरेका छन् । अतिथि देवो भवमा विश्वास राख्ने नेपालले अतिथिबाट आउने यस्ता समस्या समाधान गरेर थप पर्यटक आकर्षित गर्न सक्नुपर्छ ।

प्रतिक्रियाहरु