सुबिसु क्यान सफ्टेक भदौ २६ देखि

२०७१ भाद्र १ गते, आईतवार


काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) ले भदौ २६ गतेदेखि २९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सुबिसु क्यान सफ्टेक आयोजना गर्ने भएको छ । त्यसैगरी, सुबिसु क्यान इन्फोटेक माघ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डमा आयोजना गर्न लागेको क्यानले आइसिटी कन्फरेन्स माघ १८ र १९ गते आयोजना गर्ने क्यानले जानकारी दिएको छ । क्यानले यस पटक आयोजना गर्ने तीनवटै कार्यक्रमको शीष प्रायोजक सुबिसु केवलनेट प्रालि रहेको छ । क्यानले बर्से आयोजना गर्ने सूूचना तथा संचार प्रविधि मेलालाई सुबिसुले मुख्य प्रायोजन गर्नुको उद्देश्य, देशको सुचना, संचार र प्राबिधिक क्षेत्रमा सहकार्य गरी यस क्षेत्रलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ । यसैगरी तीनवटै कार्यक्रमको एशोसिएट स्पोन्सरको रुपमा नेपालमा सफ्टवेयर तथा हार्डवेयरको क्षेत्रमा कार्यरत नियोटेरिक नेपाल रहेको छ भने अफिसियल बैंकको रुपमा सिर्द्धार्थ बैंक रहेको छ । मुलुकमा सूचना तथा संचार प्रविधिको विकास विस्तार र प्रवर्द्धनमा महत्वपूण भूमिका खेल्ने यस्ता कार्यक्रमहरु क्यानले वर्षौ पिच्छे गर्दै आइरहेको छ । नेपाललाई सूचना तथा प्रविधिको क्षेत्रमा वैकल्पिक गन्तव्यको रुपमा चिनाउन तथा यसका लागि चाहिने नीति निर्माण तथा विकासमा टेवा पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने क्यानले अपेक्षा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार