सार्वजनिक यातायात व्यवसायीद्वारा अनुदान माग

२०७७ असार २६ गते, शुक्रबार

काठमाडौं , २६ असार । सार्वजनिक यातायात केन्द्रिय महासंघले सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको बताएको छ । उनीहरुले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग समेत गरेका छन । आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ ।
महासंघले सरकार सामु यातायात सञ्चालनका लागि शर्त राखेको छ । सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । यस्तै चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र किस्ता तिर्ने अवधि असोज मसान्तसम्म पु¥याउनुपर्ने, एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपने लगायतका माग व्यवसायीको छ । उनीहरुले माग पुरा गर्न नसके सरकालाई नै तालाचाबी बुझाउने महासघंले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार