सान्जेन जलविद्युत् आयोजनामा तालाबन्दी

२०७५ जेष्ठ १३ गते, आईतवार

काठमाण्डौ, १३ जेठ । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा निमार्णाधीन सान्जेन जलविद्युत् आयोजनामा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ठेकेदारले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै प्रशासनमा ताला लगाइदिएका हुन् । उनीहरुले आयोजनाको काम सुस्त गतिमा भएको, वातावरणीय मूल्याङ्कनका आधारमा स्थानीयको काम नगरेको आरोप लगाएका छन् । तालाबन्दीका कारण आयोजनाको काम पाँच दिनदेखि पूर्णरुपमा ठप्प भएको छ । माग पूरा नभएसम्म ठेकेदारलाई काम गर्न नदिने अडान प्रभावित क्षेत्रका बासिन्दाको छ । ४२.५ मेगावट क्षमताको सान्जेन र १४.८ मेगावटको माथिल्लो सान्जेन गरी ५७.३ मेघावाटको यो आयोजना एसईडब्लु टुन्डी जेवीमार्फत हिमाल हाइड्रोले निर्माण गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार