शेयर बजार ओरालोतिर

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं , १० जेठ । विनाशकारी भूकम्पपछि आजबाट खुलेको सेयर बजार ओरालो लागेको छ ।बजार ओरालो लागेपछि नेप्से परिसूचक २८.३७ अंकले घटेर ९०९.८२ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार गर्ने ३५ वटा कम्पनीमध्ये ३० कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूल्यमा कुनै घटबढ भएको छैन भने मनास्लु विकास बैंकको २० रुपैयाँ र नारायणी नेशनल कम्पनी लिमिटेड प्रमोटर शेयर मूल्य २ रुपैयाँ बढेको छ ।
आइतबार नेप्सेमा ११ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको ५ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ ।
सबैभन्दा बढी जलविद्यूतका लगानीकर्ताले गुमाउन पुगेका छन् । इन्स्योरेन्सका लगानीकर्ताले पनि आइतबार धेरै गुमाउन पुगे । कारोबार भएका कम्पनीमध्ये फाइनान्सका लगानीकर्ताले सबैभन्दा कम गुमाएका छन् ।
आइतबार होटल तथा उत्पादनमूलक कम्पनीको कारोबार भएन । समूहगत कारोबार हेर्दा बैंकिङ समूहको सूचक १९.०२ अंकले घटेको छ भने विकास बैंक समूहको २.७, जलविद्युतको १५१.७८, फाइनान्स समूहको १.४६, इन्स्योरेन्स समूहको १३८.१४ र अन्य समूहको ६४.६१ अंकले घटेको छ ।
आइतबार प्रभु बैंकको प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भयो । बजार खुलेकै दिन ६ करोड २१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ ।
नबिल समृद्धि फन्ड वानको ७६ हजार कित्ता शेयर किनबेच भयो भने नारायणी नेशनल कम्पनी लिमिटेड प्रमोटर शेयर ३० हजार कित्ता, एनएमबि सुलभव इन्भेष्टमेन्ट फण्ड वानको २८ हजार ४ सय ३० कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर १५ हजार ९ सय २१ कित्ता किनबेच भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार