शेयरको मूल्य घट्यो

२०७५ आश्विन २३ गते, मंगलवार

काठमाडौं, २३ असोज । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ० दशमलब ३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११ दशमलब ६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३ दशमलब ८९, होटल २१ दशमलब ४३, विकास बैंक १ दशमलब ३८, जलविद्युत् १२ दशमलब ८२, वित्त १ दशमलब १, निर्जीवन बीमा ३७ दशमलब ६४, उत्पादन ११ दशमलब ८३, माइक्रोफाइनान्स ७ दशमलब ६२ र जीवन बीमा १८ दशमलब ६३ बिन्दुले घटेको छ ।
स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार