शिवश्री हाइड्रोद्वारा साधाराण शेयर निष्काशन

२०७५ पुष २७ गते, शुक्रबार

काठमाडौं, २७ पुस । शिवश्री हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावितका लागि साधाराण शेयर निष्काशन गरेको छ । कम्पनीले १४ लाख ७६ हजार ४ सय कित्ता निश्कासन गरेको हो । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई यसअघि नियुक्ति गरिसकेको छ । आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि खुलेको आइपीओमा माघ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको यो आइपीओ न्यूनतम ५० कित्तादेखि अधिकतम ७ हजार ३८० कित्तासम्म भर्न सकिनेछ । यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
स्थानीयलाई सेयर बेचेपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब २५ करोडको उचाईमा पुग्नेछ । आयोजना प्रभावितपछि यो कम्पनीले सर्वसाधारणका लागि २२ लाख १४ हजार ६ सय कित्ता आइपीओ निश्कासन गर्नेछ । यही कित्तामध्ये कर्मचारीका लागि समेत निश्कासन हुनेछ । हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२ दशमलव २ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावितलाई सेयर जारी गरेपछि कम्पनीले फेरि सर्वसाधारण र कर्मचारीलाई गरी कुल २२ लाख १४ हजार ६०० कित्ता सेयर आइपीओ निष्कासन गर्नेछ । स्थानीयको आइपीओमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका आयोजना प्रभावित बासिन्दाले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको आईपीओमा सिन्धु विकास बैंक बाह्रबिसे शाखा, सिन्धु विकास बैंक खाडीचौर शाखा, नेपाल बंगलादेश बैंक बाह्रबिसे शाखा, सिभिल बैंक बाह्रबिसे शाखा, एनआइसी एशिया बैंक बाह्रबिसे शाखा, हिमालयन बैंक बाह्रबिसे शाखा र शिवश्री हाइड्रो लिमिटेड, सिन्धुपाल्चोकबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार