वडा अध्यक्ष थापालाई कालोमोसो !

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको जनाएको छ । भ्रष्टाचार गरेको भन्दै थापालाई विहिबार वडा कार्यालयमा नै कालोमोसो लगाएको बताइएको छ ।
भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ ।पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ । देशभर स्थानीय निकायंमा बढ्दै गएको भष्ट्रचार र अनियमितता बारे नेकपाले कारबाही प्रक्रिया अगाडि बढाउने भएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु