विश्व किर्तिमानी धावक हरिबहादुरलाई आर्थिक सहयोग

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, १ साउन । बिरामीले थला परेका विश्व किर्तीमानी अल्ट्रा धावक हरिबहादुर रोकायालाई दिलबहादुर कडायतले आर्थिक सहयोग गरेका छन् । कालिकोटका युवा व्यवसायी तथा पूर्व खेलाडी कडायतले मंगलबार रोकायालाई भेटेर सहयोग गरेका हुन् । भक्तपुरको लोकनथलीस्थित रोकायकै कोठमा पुगेर कडायतले ५० हजार सहयोग गरे ।
जुम्लामा प्रशिक्षार्थीसँगै दौडको तयारीमा रहेका रोकाया असार ३ गते एक्कासी विरामी परेका थिए । उनका हात खुट्टा चल्न छोडेपछि काठमाडौँ ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो । करिब तीन हप्तासम्मको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि रोकायालाई डिस्चार्ज गरिएको छ ।
कडायतसँग कुरा गर्दै रोकायाले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेकोप्रति दुःख लागेको बताए । उनले भने, “मैले नेपाललाई विश्वमा चिनाएँ । खेलाडी उत्पादन गरे, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपालको इज्जत बढाएका छन् तर राज्यले मलाई चिनेन् ।” उनले आफ्नो स्वास्थ्यप्रति सरकारले कुनै वास्ता नगरेका कारण धेरै खेलाडी निरास भएको बताए । धावक रोकायाले आफ्नो उपचारमा राज्यले आवश्यकताअनुसारको सहयोग नगरेको बताए । उनले व्यक्तिगत रुपमा दिइने सहयोग खेलाडीको लागि अक्षय कोष खोल्ने सोँचेको बताए ।
सहयोग हस्तान्त्रण गर्दै कडायतले विश्व चर्चित खेलाडीको बारेमा राज्य बेखबर भएको देख्दा आफूलाई चिन्ता लागेको भन्दै आफूले सानो सहयोग गरेको बताए । उनले
उपचारपछि धावक रोकायाका सामान्य हिटडुल गर्न सक्ने भएका छन् तर दुबै हात भने सक्रिया भइसकेका छैनन् । अरुकै सहयोगमा खान र पानी खाइरहेका छन् ।
दौडेरै गिनिज बुकमा नाम लेखेर रोकायाले नेपाललाई विश्वमा चिनाएका छन् । वि.सं. २०३९ सालबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन थालेका रोकाया ३० पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन् । धावक रोकायाले सन् १९८८ मा ४२ किलोमिटर ३ घण्टा ५६ मिनेट १० सेकेण्ड पूरा गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही रोकर्डलाई रोकाया आफैले सन् १९९२ मा ३ घण्टा ५० मिनेट २३ सेकेण्डमा पार गरेर आफ्नो तोडेका थिए ।
धावक रोकायाले धेरै अवसरलाई छोडेर जुम्लाबाट खेलाडी उत्पादन गर्ने भनेर स्पोर्ट्स क्लव संचालन गर्दै आएका छन् । ५७ वर्षीय रोकायाले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गरेका छन् ।
धावक रोकायाले प्रशिक्षण दिएका सुनमाया बुढा, राममान बुढा, दुर्गा बुढा, मञ्जु रावल, दिपेन्द्र बमसहित तीन दर्जन खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपाललाई चिनाइरहेका छन् ।
सहयोग हस्तान्त्रणमा संवाद डबलीका अध्यक्ष दिपेन्द्र रावल, जुम्लाका स्थानीय युवा नेता सुमन आचार्य र विद्यार्थी नेता तथा सहयोग हस्तान्त्रणको समन्वय गरेका जनक महतारा पनि सहभागी थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार