वाइड बडी विमान खरिद प्रक्रियाबारे लेखा समितिमा छलफल गर्दै

२०७५ मंसिर ९ गते, आईतवार

काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आज नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिद प्रक्रियाका विषयमा सरोकारवाला निकायसँग छलफल गर्दै छ । समितिले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसकार लगायतलाई छलफलका लागी बोलाईएको हो । सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने समितिले जनाएको छ ।
विमान खरिद प्रक्रियाका विषयमा विस्तृतमा छलफल गर्न सरोकारवाला निकायलाई बोलाएको समिति सचिव समेत रहेका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
महालेखा परीक्षक कार्यालयको ५५ औं प्रतिवेदनले विमान खरिदमा अनियमितता भएको औंल्याएपछि छानविन थालिएको पाण्डेले बताए । यसअघि गत असोजमा लेखा समितिले वाइड बडी विमान खरिद प्रक्रियाको कागजपत्र मगाएको थियो । प्रतिनिधि सभा कै अन्तर्रा्ष्ट्रिय सम्वन्ध समितिले पनि वाइड बडी खरिद प्रक्रियको विषयमा चासो देखाएर छलफल अघि बढाएको छ ।
अन्तर्रा्ष्ट्रिय सम्वन्ध समितिले कार्यक्षेत्र भित्र पर्ने भएकाले निीतिगत विषय हेर्ने र लेखा समितिले बेरुजुका विषयमा छानविन गर्ने लेखा समितिका सचिव पाण्डेले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार