वाइडबडी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री असन्तुष्ट

२०७५ पुष १९ गते, बिहीबार

काठमाडौँ, १९ पुस । वाइडबडी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो भाषामा असन्तुस्टी जाहेर गरेका छन वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएको प्रति असन्तुष्टि जनाउँदै चेतावनीको भाषा बोलेका छन् । विमान खरिद प्रकरणको छानबिनका लागि गठित कांग्रेसका सांसद राजन केसी नेतृत्वको संसदीय लेखा समिति अन्तरगतको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति प्रधानमन्त्री ओली असन्तुस्टी जनाएका हुन् । उपसमितिले मंगलबार राति ११ बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । बुधबार बिहान ११ बजे प्रतिवेदन पूर्ण समितिमा बुझाउने कार्यक्रम रहेको थियो । तर उक्त प्रतिवेदन समितिमा बुझाउनुअगावै मुख्य कुराहरु मिडियामा आइसकेको थियो । यसरी मिडियामा पहिल्यै चुहावट गरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउँदै चेतावनी दिएका हुन् । उनले उपसमितिको प्रतिवेदन नै अन्तिम नभएको जिकिर गर्दै त्यसमा लेखा समिति र संसदमा पनि छलफल हुने र सरकारले समेत छानबिन गर्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय त उल्ट्याइएको विगतका उदाहरण पेश गर्दै ओलीले उपसमितिको निर्णय पनि उल्टिन सक्ने चेतावनी दिएका हुन् ।
उनले मन्त्रिपरिषद्का निर्णय परिपक्व भएपछि मात्र सार्वजनिक गरिने नीति लिएको स्मरण गराउँदै भने, ‘यस्तो अवस्थामा परिपक्व भएपछि सार्वजनिक गर्ने भन्दा धेरै संचार माध्यमले सूचना लुकाउने प्रयास गरेको आरोप लगाए ।’ तर उनले दुनियाँभरमा यस्तै नीति रहेको समेत बताए । नेपाल वायुसेवा निगमले गत असार र भदौमा भित्र्याएका २ वटा वाइडबडी विमान खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको उपसमितिले ठहर गरेको छ । त्यसमा बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीहरुलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सरकारले समेत उच्चस्तरीय छानबिन टोली बनाउने बताएका छन् । बुधबार राति नेपाल टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अतिरिक्त सरकारले पनि उक्त प्रकरणमा उच्चस्तरीय छानबिन गर्ने बताएका हुन् । संसदीय उपसमितिकाे कार्यशैलीबारे चित्त दुखाए पनि उनले भ्रष्टाचार भएकाे ठहर भएमा नछाड्ने जनाएका छन् ।वाइडबडीबारे सोधिएको प्रश्नमा उनले भने, ‘यस सम्बन्धमा गम्भीर छानबिन हुन्छ, दोषी देखिने कोही पनि उम्कन पाउँदैन, कारबाही हुन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार