यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय

२०७४ माघ ११ गते, बिहीबार

काठमाडौं, ११ माघ । अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ । १ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् । नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । ५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।
न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन् । उनले पीडित महिलाको कुरा सुन्दा उनीहरुको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए । उनले नक्सार जेलभन्दा बाहिर राख्न लायक व्यक्ति नभएको समेत बताए । पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो । अन्तिममा नस्सारलाई पनि आफ्ना भनाई राख्ने मौका अदालतले दिएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु