यो पनि फेसन…

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौं । प्राय सबै मानिस फेसन गर्न मन पराउछन । तर कोरियाली युवतीहरूको फेसन भने अचम्मको छ । कोरियाली युवतीहरूबीच पछिल्लो समय एक अनौठो फेसन चलेको छ । अहिले उनीहरू निधारमा प्रेमको प्रतिक मुटुको चिन्ह बनाउन थालेका छन् । आफ्नो कपालबाट निधारमा लट्किएको लभको आकार बनाउने कोरियाली युवतीहरूको फेसनले निकै चर्चा पाइरहेको छ ।
हेयर स्प्रे तथा चिम्टाको माध्यमबाट युवतीहरूले आफ्नो कपाललार्ई मुटुको आकार दिइरहेका छन् । यस्तो फेसन चल्नुको एउटा मुख्य कारण भनेको इन्टाग्रााममा सबैभन्दा धेरै मन पराइएको तस्वीरमध्ये एक केन्डल जेनरको यस्तै तस्वीर जसमा केन्डलले आफ्नो टाउकोमा यस्तै मुटुको आकृति बनाएकी थिइन् । त्यसपछि के चाहियो र ? युवतीहरूले एकाएक त्यसलार्ई पछ्याउन थाले । यो फेसन ट्रेण्डलार्ई हातो आपमूरी अर्थात हार्ट ब्यांग्स हेयर नाम दिइएको छ । यो हेयर स्टाइलका लागि युवतीहरूले ब्युटी पार्लर तथा सैलूनहरूमा पैसा फुकिरहेका छन् । यो फेसनले आफ्नो प्रेमी तथा पतिप्रतिको समर्पणभाव बढ्ने विश्वास उनीहरूको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु