यस्तो थियो पहिलो स्मार्टफोन

२०७१ भाद्र ३ गते, मंगलवार


काठमाडौ। आज सबैको कहिल्यै नछुट्ने वस्तु या जीवनसाथी जस्तै बनेको छ‘स्मार्टफोन’ । जीवनसाथी बनेको स्मार्टफोन सुरु भएको २० बर्ष पुगेको छ ।दुनियाँमा सबैभन्दा पहिले सन् १९९४ अगष्ट १६ मा स्मार्टफोनको बिक्री सुरु भएको थियो ।
‘आइबिएम साइमन’मोडलको सो स्मार्टफोनको तौल ५ सय १० ग्राम रहेको थियो । एक हजार ९९ डलर मूल्य रहेको सो स्मार्टफोन ५० हजारको सङख्यामा बिक्री भएको थियो । सेल्युलर फोनको रुपमा आएको यसमा टचस्क्रीन थियो ।
फोन रिसीभर र डायलको सुविधा भएको सो स्मार्टफोनमा फ्याक्स र इमेलको पनि सुविधा रहेको थियो । यसमा अड्रेस बुक, क्यालेण्डर, अपाइमेन्ट सेड्युलर, क्यालकुलेटर, वल्र्ड टाइम क्लक, इलेक्ट्रोनिक नोट प्याड, हस्तलिखित नोट्स, प्रिडिक्टीभ स्टाइल इनपुट स्क्रीन किबोर्डस् पनि थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु