म्यानपावर ब्यवसायीद्वारा कम्पनी बन्द गर्ने चेतावनी

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सरकारले म्यानपावर कम्पनीले इजाजत लिन ६ करोड धरौटी राख्न पर्ने प्रस्ताव राखेपछि म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । ब्यवसायीहरुले सरकारको निर्णयले ब्यवसाय नै ध्वस्त पार्न खाजेको भन्दै म्यानपावरको लाईसेन्स नै सरकारलाई फिर्ता गर्ने बताएका छन् ।बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले ब्यवसायीलाई मार पर्ने गरी ल्याएको प्रस्तावले ब्यसाय धरापमा पारेको बताए ।उनले १० हजार सेवा शुल्क उठाएर ६ करोडको धरौटी पुर्याउन नसकिने समेत बताए । उनले सरकारको यो नयाँ प्रस्तावको बिरोधमा सवै म्यानपावर बन्द गरी कामदार विदेश पठाउन रोक्ने बताए ।साथै बिदेश गैसकेका कामदारको जिम्मा पनि सरकारले नै लिनपर्ने र म्यानपावरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जिम्मा लिनुपर्ने चेतावनि दिएका छन् । सरकारले पछिल्लो समय वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन नीतिगत र कानुनी सुधार गर्न म्यानपावर कम्पनी दर्ता रोक्न र पिडित माथी जिम्मेवार बनाउन धरौटी रकम बृद्धि गर्न पर्ने प्रस्ताव गरेको हो । म्यानपावरले धरोटि रकम पर्याप्त नराख्दा ठगीमा पर्ने कामदारले उचीत क्षतिपूर्ति पाउन नसक्ने हुँदा धरौटी थप बृद्धि गर्ने या मर्जर गरेर अघि बढ्ने प्रस्ताव ल्याएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार