माओवादी बझाङ्गले सभा समारोह बहिष्कार गर्ने

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादी बझाङ्गले सभा समारोह बहिष्कार गर्ने भएको छ । माओवादीको केन्द्रिय निर्देशन अनुसार नेताहरु जिल्लामा हुने गरेका सर्बदलिय,सर्वपक्षिय बैठक तथा सभा समारोहमा उपस्थिति नहुने भएका हुन ।
जिल्लामा विकास निर्माणमा आएको बजेटको सहि सदुपयोग भए वा नभएको बारे तथ्यांक लिने योजना रहेको नेकपा माओवादीका सह सचिव चन्द्र सिंहले बताए । उनले भने माओवादी पार्टी अव नयाँ तरिकाले अघि बढ्नेछ ।
यसभन्दा अगाडिको बैठकले पनि भष्ट्र तथा दलालहरु नाम संकलन गर्नेे निर्णय गरी अगाडि माओवादी अगाडि बढेको थियो । बझाङ जिल्लामा बेइमान गरी जाने जोकसैलाई पनि नछोड्ने सिंहको भनाइ रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु