महानिर्देशक पाण्डे पक्राउ

२०७४ कार्तिक २९ गते, बुधबार

काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुससहित पक्राउ गरेको छ । अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि मिलेमतो देखिएको भन्दै पक्राउ गरिएको अख्तियारको दाबी छ ।
वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ । पौडल र केसी भने मंगलबार राति ८ बजेतिर नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट समातिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार