मतदान केन्द्रमा बम विस्फोट, कर्मचारी र सुरक्षाकर्मीको भागाभाग

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौं, ८ मंसिर । बाजुरा जिल्लाको फैती मतदान केन्द्रमा सिलिण्डर बम विस्फोट भएको छ । बाजुराको हिमाली गाउँपालिकाको फैती मतदान केन्द्रमा विहीबार राति सिलिण्डर बम विस्फोट हुँदा निर्वाचन सामाग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीको भागाभाग भएको हो । स्थानीयले दिएको जानकारीअनुसार विहीबार राति बम विस्फाट भएको थियो । विस्फोटपछि कर्मचारी र मतदान केन्द्र आसपासका स्थानीय आतंकित भएका थिए ।सदरमुकामबाट टाढा रहेको उक्त मतदान केन्द्रमा भएको विस्फोटपछि थप सुरक्षाकर्मीको व्यवस्था गर्न लागिएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु