भारतमा जिका भाइरस सक्रमण

२०७४ जेष्ठ १४ गते, आईतवार

काठमाडौं, १४ जेठ । भारतमा जिका भाइरस देखापरेको छ । जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको पाईएको थियो ।
ब्राजिलमा केही समयअघि मात्र जिका भाइरस् संक्रमणमुक्त घोषणा गरिएको छ । मध्य अफ्रिकी देशबाट फैलिएको यो रोगबाट ब्राजिल हुँदै कोलम्बियाका नागरिक संक्रमित भएका छन् । बिशेष गरी गर्भवती महिलामा देखा पर्ने यस रोगबाट नवजात शिशु संक्रमित हुने गरेकाले कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील समेत गरेका थिए । शिशुको विकास नहुने, शरीरको तुलनामा टाउको सानो हुने र मस्तिष्क नै विकसित नहुने जिका भाइरसका लक्षण हुन् ।

प्रतिक्रियाहरु