भन्सार दिवस सम्पन्न अनलाइन कारोबार सुरु गर्ने तयारी

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौं, १३ माघ । ६३औं अन्तर्राष्ट्रिय भन्सार दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । भन्सार विभागले राजधानीमा विशेष कार्यक्रम गरी यो दिवस मनाएको हो ।यसपटकको मूल नारा ‘समन्वयात्मक सीमा व्यवस्थापन—सरोकारवालाहरुलाई आवद्ध गर्ने समावेसी अवधारणा’ तय गरिएको थियो ।कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले भौतिक पूर्वाधार विकासमा जोड, आधुनिक सूचना प्रविधिको प्रयोग र यसको माध्यमबाट अन्तरविभागीय आबद्धतामा जोड दिए । भन्सार प्रक्रियाको सरलीकरण र सेवाको गुणस्तर बृद्धि तथा निजी क्षेत्रसँगको सहकार्यतामा व्यापार सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले हाल कार्यान्वयनमा रहेको चौंथो चरणको चार वर्षे भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजनाले परिलक्षित गरेका कार्यक्रमहरुको सफल कार्यान्वयनका लागि क्रियाशील रहेको जानकारी गराए ।झन्झटिलो प्रक्रियालाई अन्त्य गर्दै सीमा क्षेत्रमा सुधार गरिरहेको, भन्सार सहज हुँदै गैरहेको, नयाँ प्रविधि प्रयोग गरिरहेको पनि ढुंगानाले बताए ।
यसै वर्षभित्र ‘वेब बेस्ड’ सेवा सुरु गरिने र यसको प्रयोगसँगै सेवाग्राही भन्सार धाइरहनु नपर्ने, विवरण भर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने महानिर्देशक ढुंगानाले जानकारी गराए ।निजी क्षेत्रका प्रतिनिधिहरुले भन्सार दरबन्दी न्यूनीकरण, विद्युतीय कारोबार सुरु अनि पारदर्शीताको पनि माग गरेका थिए ।कार्यक्रममा अर्थमन्त्री डा. महतले विभागले ६३औं भन्सार दिवसका अवसरमा प्रकाशन गरेका भन्सार स्मारिका र संशोधन गर्ने ‘प्रोटोकल’ पुस्तकको विमोचन गरेका थिए ।कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत र सम्मानित पनि गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार