बुढीगन्डकी गेजुवालाई दिने निर्णयप्रति आपत्ति

२०७४ श्रावण ११ गते, बुधबार

काठमाडौं, ११साउन । व्यवस्थापिका–संसदअन्तर्गतको लेखा समितिको बैठकमा विज्ञहरुले बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनिहरुले नेपालको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साहित बनाउन र वैदेशिक लगानी भित्र्याउनसमेत बूढीगन्डकी जलविद्युत् आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताए ।
जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बूढीगन्डकी आयोजना नेपाल आफैंले बनाउनुपर्ने भन्दै जलविद्युत् आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तीय संस्थाहरु सक्षम रहेकाले आफ्नै स्रोतको परिचालन गर्नुपर्ने धारणा राखे । अर्का जलस्रोतविद् रामहरि कोइरालाले बूढीगन्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए । उनले सरकार र निजी क्षेत्रको लगानीमा सो आयोजना निर्माणको काम सम्पन्न गर्न सकिने पनि स्पस्ट पारे । समितिका सदस्यहरुले १२०० मेघावाट क्षमताको बूढीगन्डकी आयोजनाको निर्माण गर्ने काम चीनको गेजुवा कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णयको आलोचना गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार