बसन्त विकलाई तत्काल रिहाई नगरे प्रतिरोध संघर्ष

२०७५ मंसिर २३ गते, आईतवार

काठमाडौं , २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका बाँके जिल्ला सदस्य एवं अखिल नेपाल क्रान्तिकारी टेड युनियनका केन्द्रीय सदस्य बसन्त विकलाई प्रहरीले गिरफ्तार गरेको छ । विकलाई हिजो विहान कोहलपुर नगरपालिका कौशीलानगरबाट पक्राउ गरेको हो । नेकपा बाँकेले विकलाई राजनीतिक प्रतिसोधका कारण पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । बाँके इन्चार्ज एवं सेक्रेटरी अर्जुनले विज्ञप्ति निकाल्दै विकका पक्राउ प्रति आपत्ति जनाएका छन । विज्ञप्तिमा भनिएको छ,‘ हाम्रो पार्टी या गिरफ्तारीको घोर निन्दा एवं भत्र्सना गर्दछ, र विकको रिहाईको जोडदार माग गर्दछ । ’ जिल्ला सदस्य विकलाई रिहाई नगरे र आउँदा दिनमा यस्ता घटना दोहोराए प्रतिरोधमा उत्रने अर्जुनले चेतावनी दिएका छन ।
यस बिषयमा नेकपा बाँकेका इन्चार्ज एवं सेक्रेटरी अर्जुनले जारी गरेको विज्ञप्ति – “समृद्ध नेपाल र सुखी नेपाली को लोकप्रिय नारा दिएर अघि बढेको वर्तमान सामाजिक दलाल पुजीवादी केपी सरकार वास्तवमा उत्पीडित नेपाली जनताको पक्षमा होइन कि मुट्ठीभर बुर्जुवा र अभिजात वर्गको हितमा रहेको कुरा एक वर्ष नपुग्दै सरकारका गतिविधिले प्रष्ट पारेको छ । रास्ट्रघात , जनघात , भ्रस्टाचार , कालोबजारी , घुसखोरी, कमिसनतन्त्र , दलालीकरण, व्यभिचार , सामाजिक- संा स्कृतिक विभेदले पराकाष्ठा नागेको छ । देश र जनता ओरालो लाग्दैछन भने मुट्ठीभर राज्य संचालकहरु राज्यको ढुकुटीमा रजाइँ गर्दैछन् । सुन तश्करी, जहाज खरीदमा भएको भ्रस्टाचार , रास्ट्रपतिको गाडी खरीद प्रकरण , सिक्टा सिचाइमा भएको घोटाला , मुल्यवृद्धि र करवृद्धी एवं निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरण सम्म आइपुग्दा यो राज्य र सरकार अब उत्पीडित नेपाली जनताको पक्षमा नरहेको छर्लङ्ग भएको छ । वर्तमान दलाल संसदीय राज्यप्रणालीका विकल्पमा वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको माध्यमबाट अघि बढीरहेको हाम्रो पार्टी केन्द्रले यही मङ्सिर ८ गते पार्टी पुनर्स्थापना दीवसको अवसरमा काठमान्डौमा देशैभरीका हजारौं जनतामाझ विशाल जनसभा गरेर यो राज्यको चरीत्र र हर्कतको भन्डाफोर गरेको राप र तापलाई अन्यत्रै मोडनका लागि षड्यन्त्रका तानावाना बुनिरहेको देखिन्छ । यसैबीच , हाम्रो बाके जिल्ला पार्टी सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य बसन्त बिक लाई मङ्सिर २१ गते बिहान ८:३० बजे बाके कोहलपुर – १, कौशिलानगर बाट राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर निन्दा एवं भ्रत्सना गर्दछ । र निजको रिहाईको लागी जोडदार माग गर्दछ । साथै , रिहाई नगरेमा र यसप्रकारको रवैया आगामी दिनमा नरोकिएमा हाम्रो पार्टी प्रतिरोध संघर्शमा उत्रिन बाध्य हुने पनि हामी यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउदछौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु