फागुन १ देखि जंगल फेस्टिबल

२०७१ मंसिर २४ गते, बुधबार

काठमाडौं ।फागुनको पहिलो हप्ता पोखरामा जङ्गल फेस्टिभल हुने भएको छ । परिचय नेपाल नामक संस्थाले ए ग्रीन वीक नाराका साथ फागुन १ देखि ७ गतेसम्म पोखराको नयाँबजारस्थित शान्ति वन वाटिकामा जङ्गल फेस्टिभल गर्ने भएको हो ।
परिचय नेपालले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी जंगली जडिबुटी तथा बोट विरुवाबारे जानकारी दिन तथा घरेलु र अर्गानिक उत्पादनलाई बजारको पहुँच दिन जङ्गल फेस्टिभल गर्न लागेको बताएको छ ।
जङ्गल फेस्टिभलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावर तथा राउटे समुदायको वास्तविक रहनसहन प्रदर्शनी गरिने आयोजकले जनाएको छ । वातावरणमैत्री फेसन शो, फायर डान्स, सर्कस, थारु डान्स लगायतका गतिविधि पनि फेस्टिभलमा समावेश गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रियाहरु