प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

२०७३ मंसिर २२ गते, बुधबार

काठमाडौं, २२ मंसिर । संयुक्त युवा विद्यार्थीले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन् । आज बिहान प्रदर्शनमा उत्रिएका उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै संशोधन प्रस्ताव फिर्ताको माग गरेका हुन् । उनीहरुले ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौं’, ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भ्रातृ संगठनका कार्यकर्ताका अतिरिक्त संशोधन प्रस्तावको विरोध गर्दै आएका साना दलका कार्यकर्ताको उपस्थिति थियो । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको मागसहित राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु