प्रधानमन्त्री ओलीलाई कालो झन्डा !

२०७५ भाद्र २ गते, शनिबार

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपीलाई कोलो झण्डा देखाइएको छ । प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जाँदा जनकपुर विमानस्थलमा उनलाई कोलो झण्डा देखाइएको हो । विमानबाट ओर्लंदै गर्दा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको हो । कालोझण्डा देखाएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरोज मिश्रा, जानी खान, प्रशान्त झा, सञ्जय यादव, कमलेश यादव र पंकज शाह रहेका छन् ।
यसैबीच , प्रधानमन्त्री केपी ओलीले प्रदेश २ लाई सम्बोधन गर्दै संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले भने “संविधान कुनै धर्मशास्त्र होईन यो दस्तावेज हो । त्यसैले संसोधन गर्न सकिन्छ । म मधेश विरोधी होइन ।” प्रधानमन्त्री ओलीले कहिल्यै संविधान संशोधन गर्न नसकिने किसिमका अभिव्यक्ति नदिएको उनले बताएका छन् । उनले विभेद सबैठाउँमा भएको भन्दै यसलाई हटाउनुपर्नेमा जोड दिए ।
प्रदेश २ मा संघीय सरकारले विकासमा बढी जोड दिने पनि प्रतिवद्धता जनाए । उनले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने अाश्वटस्नसमेत दिएका छन् । त्यस्तै धनुषाधाम नगारपालिकामा २५ करोडको लागतमा मनि मण्डप निर्माण गर्ने महत्वपुर्ण घोषणा गरेका छन् । करिब साढे एक घण्टाको सम्बोधनमा उनले प्रदेश २ भित्र बस्ती विकास कार्यक्रम अन्तरर्गत एक हजार घरनिर्माण गर्ने समेत बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु