पैसा फल्ने रुख !

२०७४ चैत्र २८ गते, बुधबार

काठमाण्डौ , २८ चैत । तपाईले पक्कै पनि कुनै न कुनै समय सुन्नु भएकै होला – ‘पैसा रुखमा फल्छ र ?’ भनेको । विशेषगरी यदि तपाई कसैसँग पैसा माग्न लाग्दै हुनुहुन्छ भने यस्तो भनाइ सुन्न सक्नु हुन्छ । फजुल खर्च गर्नेहरुलाई सम्झाउन यस्तो भन्ने गरिन्छ । तर संसारको कुनै कुनामा पैसा फल्ने रुखमा पनि भटियो । सो रुखमा पूरै पैसा फलेको देख्न सकिन्छ ।
बेलायतमा यस्तो एउटा रुख छ जहाँ रुखभरी पैसाका सिक्का छन् । बेलायतको पीक जिल्लामा रहेको सो रुख १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौँको संख्यामा सिक्का गाडिएको देख्न सकिन्छ ।
वास्तवमा यो रुखमा पैसा नै फलेको त पक्कै होइन तर पनि हेर्दा रुखको कुनै भागको रुपमा नै रहेको देखिन्छ । खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जडिएका छन् । यो धार्मिक रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वास छ । त्यसकारण पनि संसारभरबाट सो कुराको विश्वास गरी आउने मानिसहरुले रुपमा सिक्का लगाउँछन् । यसै रुपमा कारण सो स्थान एक गतिलो पर्यटकीय स्थल बनेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु