परराष्ट्र मन्त्रीलाई नौ कक्षा फेल भनेपछि …

२०७४ चैत्र १० गते, शनिबार

काठमाडौं, १० चैत । राजनितीक विश्लेषक तथा पत्रकार अच्युत वाग्लेले राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शैक्षिक योग्यता माथी प्रश्न उठाएका छन्। वाग्लेले राष्ट्रपति विधा भण्डारीलाई आइए फेल,उपराष्ट्रपति नन्दकिशोर पुनलाई टेस्ट फेल,प्रधानमन्त्री केपी ओलीलाई टेस्ट फेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नौ कक्षा फेल भन्दै ट्वीट गरे । उनले अगाडी लेखे- तिनले नै सत्ता चलाउने देश विरलै छन्।उनीहरुको पदको रवाफ र वुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोह भन्दा अरु छैन।’
वाग्लेको ट्वीट माथी धेरैले टिप्पणी गर्नुका साथै शेयर गरेका छन्।अधिकाँशले फेसबुक,ट्वीटर लगायत सामाजिक संजालमा वाग्लेको भनाईलाई मन पराएका छन् र परराष्ट्र मन्त्री ज्ञवाली माथि टिप्पणी गरेका छन्-‘ देशको परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालय जुन मन्त्रालय सम्हाल्ने मन्त्रीले विभिन्न विदेशी लगायत कुटनितिक निकायका मानिसहरुसँग भेटघाट,कुराकानी गरिरहन पर्ने र उनीहरुलाई आफ्नो कुरा राख्न पर्ने परराष्ट्र मन्त्री ज्ञवाली नौ कक्षा फेल भएपछि कसरी अंग्रेजी भाषामा आफ्नो भनाई राख्लान् ?’
एमाले भित्र वौद्धिक नेताका रुपमा चिनिने परराष्ट्र मन्त्री ज्ञवालीले वाग्लेको ट्विटका कारण गर्माइरहेको सामाजिक सञ्जालमा उनले शालीन शैलीमा जवाफ फर्काए- ‘धन्यवाद वाग्ले सर, मेरो पढाईबारे केही शब्द खर्चिनु भएकोमा। सुकरातले भनेका थिए रे, म एउटै कुरा जान्दछु त्यो के भने म केही पनि जान्दिनँ। उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगी भर।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु