पतिले धोका दिएको तथ्य उडिरहेको विमान मै थाहा पाएपछि….

२०७४ कार्तिक २१ गते, मंगलवार

काठमाडौं, २१ कात्तिक । ३३ हजार फिटको उचाईमा उडिरहेको विमानमै एक महिलाले आफूलाई पतिले धोका दिइरहेको थापा पाएपछि विमानलाई नै आकस्मिक अवतरण गराएकी छन् । भारतीय संचारमाध्यमका अनुसार इरानकी ती महिला कतार एयरवेजको विमानबाट आफ्नो पतिसँगै यात्रा गर्दै थिइन् । आइतबार दोहाबाट इन्डोनेसियाको बालीतर्फ गइरहेको सो विमान उडेको केही समयपछि नै ती महिलाले आफ्नो पति निदाएको मौका छोपेर उनको मोबाइल ‘चेक’ गरेकी थिइन् । मोबाइलमा केही सन्देहास्पद सामाग्री फेला परेपछि उनले पतिसँग विवाद गरिन् । विवाद बढ्दै गएपछि विमानलाई भारतको चेन्नईस्थित विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । विमानबाट ती इरानी दम्पत्तीलाई नै उतारेर अन्य यात्रु लिएर विमान आफ्नो गन्तव्यतर्फ उडेको बताइएको छ । पछि ती दम्पत्तीलाई क्वालालम्पुर जाने विमानबाट पठाइएको चेन्नई विमानस्थलका अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु