नोबेलका डाक्टरको आन्दोलन जारी

२०७२ असार १४ गते, सोमबार

काठमाडौं, १४ असार । बिगत १४ दिनदेखि आन्दोलनरत नोबेल मेडिकल कलेज विराटनगरका प्रशिक्षार्थी डाक्टरले लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन नरोक्ने चेतवनी दिएका छन् । अस्पताल प्रशासनले माग पूरा गर्ने मौखिक रुपमा सहमति जनाए पनि लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन स्थगित नगर्ने उनीहरुले चेतावनी दिएका छन् ।
अस्पताल प्रशासनले विद्यार्थीको माग पूरा गर्ने लिखित सहमति नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उनीहरुले बताएका हुन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आन्दोलनरत विद्यार्थीले भने ‘ससर्त माग पूरा गर्न अस्पतालले मानेको छैन् । मौखिक रुपमा माग पूरा गर्छाैं भनेपनि लिखित प्रतिद्धता नआए सम्म आन्दोलन रोक्दैनौ ।’
माग पूरा गर्ने आश्वासन दिँदै आएको अस्पतालले आइतबार अस्पताल बन्द गराएर बिरामी माथि अन्याय गरेको आन्दोलनरत डाक्टरले बताएका छन् । प्रशासनले वार्डमा रहेका विरामीलाई जबरजस्ती बाहिर निकालेपछि प्रशिक्षार्थी डाक्टरहरुले अस्पताल बाहिर नै उपचार सुरु गरेको जनाएका छन् ।

प्रतिक्रियाहरु