नेविसंघको असन्तुष्ट पक्षद्वारा देउवालाई ज्ञपानपत्र

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० वैशाख । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले संघका अध्यक्षको विधानविपरीतका गतिविधि रोक्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा गएको असन्तुष्ट पक्षले कांग्रेसको जारी केन्द्रीय समिति बैठकस्थल सानेपामै पुगेर अध्यक्ष नैनसिंह महरको विधानविपरीत र गुटगत गतिविधि अन्त्य गर्न एवं आगामी महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले संघका अध्यक्ष महरले संगठनलाई ‘नाटकघरजस्तो बनाएको र भजनमन्डलीमा परिणत गरेको’ आरोप लगाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि नेविसंघको असन्तुष्ट पक्षकाहरुले केन्द्रीय समिति बैठक बसिरहेको स्थान कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर नाराबाजी गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु