नेकपाका जिल्ला नेता गिरफ्तार

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं , ९ बैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई गिरफ्तार गरेको छ । प्रहरीले मोरङ इन्चार्ज उदय राई ‘युगेन’ र पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य धनबहादुर पुनलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ । पार्टी-संगठनको काममा रहेका दुबै नेतालाई अाइतबार फरक फरक ठाउँबाट प्रहरीले गिरफ्तार गरेको हो । राईलाई धरानबाट र पुनलाई म्याग्दीको दरवाङबाट प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । जिल्ला इन्चार्ज राईलाई वेपत्ता पारेको सुनसरी इन्चार्ज प्रज्जवले जानकारी दिए । राईलाई प्रहरीले धरानबाट कहाँ लग्यो भन्ने केही जानकारी नभएको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु