निमावि अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशित

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाण्डौ, १ साउन । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । यो ३१ दशमलव ४३ प्रतिशत हो । ७ सय १९ जनाको परीक्षा रद्ध भएको छ । परीक्षा गएको फागुन १७ गते भएको थियो । परीक्षाका लागि ९८ हजार २७ जनाले फारम भरेका थिए । मुस्ताङ्बाट परीक्षामा सहभागी २२ जना मध्ये १ जना पनि उत्तीर्ण नभएको मरहठ्ठाले जानकारी दिए । हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु