दुर्लभ ‘पिंक लिगेसी डाइमण्ड’ ५ करोड अमेरिकी डलरमा बिक्यो !

२०७५ कार्तिक २८ गते, बुधबार

काठमाडौं, २८ कात्तिक । दुर्लभ पिंक लिगेसी डाइमण्ड ५ करोड अमेरिकी डलरमा बिक्रि भएको छ । कुनै पनि पिंक डायमण्डको लागि यो सबै भन्दा बढी मुल्य हो । यस पिंक लिगेसी डायमण्ड १९ क्यारेटको छ । यो डायण्ड प्रति क्यारेट नेपाली रुपैयामा ३० करोड रुपैया भन्दा बढी मुल्यमा बिक्री भएको छ । यस डायमण्डलाई अमेरिकी लक्जरी फर्म ‘ह्यारी विंस्टन’ले किनेको छ । जेनेभा ज्वेलरी सेलमा क्रिस्टीज अक्शन हाउसले यसलाई गत मंगलबार बिक्री गरेको हो । यो भन्दा पहिले नोभेम्बर २०१७ मा १५ क्यारेटका ‘पिंक प्रामिस’ डायमण्ड (३७९ करोड) ३.२५ करोड डलरमा विक्री भएको थियो । सो डायण्डलाई पनि क्रिष्टीजले विक्री गरेको हो ।
पिंक लिगेसी किन्नेवाला ह्यारी विन्स्टन डायमण्ड ज्वेलर्सले यस डायमण्डको नामलाई परिवर्तन गरेर ‘द विन्स्टन पिंक लिगेसी’ राख्नेछन् । ह्यारी विन्स्टन डायमण्ड ज्वेलरी र लग्जरी घडिहरुको व्यापार गर्ने नामी अमेरिकी कम्पनी हो । सन् २०१३ मा स्वीजरल्याण्डको घडी बनाउने कम्पनी ‘वाच’ले यसलाई एक अर्ब डलरमा किनेको थियो । पिंक लेगेसी ‘विविड ग्रेड’वाला डायमण्ड हो । यो गुलावी रंगको डायमण्डहरुको सबै भन्दा उच्च रेटिङ हो । आयतनको सेपमा कटिङ वाला यो डायमण्ड प्लाटिनमको औंठीमा जडान गरिएको छ । क्रिष्टीज अक्शन हाउसको अनुसार पिंक लिगेसी डायमण्डको लागि फोनमा ५ जनाले बोल गरेका थिए, जहाँ क्यारी विन्स्टनले आफ्नो पोल्टामा पार्न सफल बने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु