ट्रेडयुनियन महासङ्घद्वारा गैरन्यायिक कदमको भत्र्सना

२०७५ पुष ३० गते, सोमबार

काठमाडौं, ३० पुस । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घका काठमाडाँै जिल्ला अध्यक्ष नारायण तोलाङ्गीले लाहुरे सेक्युरिटीमार्फत श्रमिक आपुर्ती गरि काममा लगाएको गोल्छा अर्गनाइजेसन (बजाज)ले दुइ दर्जन भन्दा बढी सेक्युरिटीहरुलाई कटौती गर्ने देखिएको भन्दै उक्त गैरन्यायिक कदमको भत्र्सना गरेका छन् । अध्यक्ष नारायण तोलाङ्गीले प्रेस विज्ञप्ति जारी सम्पुर्ण सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । महासङ्घ अन्तरगत रहेको अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घले यसअघि नै लाहुरे सेक्युरिटी लगायत सम्बन्धित रोजगारदाताहरुलाई ध्यानाकर्षण पत्र पठाएको थियो । करिव १० बर्ष देखि बजाजमा आपूर्तिकर्ता ठेकेदार कम्पनी लाहुरे सेक्युरिटीको सम्झौता रहेको र यहि मिति २०७५र०९र३० पश्चात सम्झौता समाप्त हुने बताइन्छ ।
विज्ञप्तिमा ‘संविधान निशृत श्रम तथा रोजगारीका पक्षलाई प्रभावित गर्नेगरी, प्रचलित श्रम ऐन ०७४ को परिच्छेद ११ विपरित सेक्युरिटीहरुलाई काममा लगाइएको र रोजगारदाता पक्षका बिचमा कानुनत आवश्यक सम्बन्ध कायम नरहँदा आज श्रमिकहरुले रोजगारी अन्त्यको मार ब्यहोर्नुपरेको’ भन्दै उक्त सङ्गठनले भत्सर्ना प्रकट गरेको हो । लाखौँ मजदुरहरुको नेतृत्वदायी सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घले मजदुरलाई न्याय दिलाउन सशक्त सङ्घर्षको अबलम्बन गर्ने चेतावनी दिएको छ । साथै मजदुरका जायज माग तत्काल सम्बोधन गर्न अनुरोध पनि गरेको छ । कार्यरत करिव २६ जना सेक्युरिटीहरु सम्बन्धित बिषयको निवेदन सहित श्रम कार्यलय पुगेको पनि बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार