झण्डै ५ सय बालबालिका हराए

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौं । नाईजेरियामा ११ वर्ष र त्यस भन्दा कम उमेरका झण्डै ५ सय बालबालिका हराएका छन् । नाइजेरियाको दमास्क शहरबाट झण्डै ५ सय जना बालबालिका हराएका बिबिसीले जनाएको छ । यो शहर विद्रोही समूहको नियन्त्रणमा छ ।
विद्रोही समूह बोको हरामले आफ्नो मिसनका लागि ती बालबालिकालाई अपहरण गरेको हुन सक्ने अनुमान गरिएको छ । इस्लामी राज्यको माग गर्दै हिंसात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय अर्को विद्रोही संगठन ईस्लामिक स्टेटसँग सहकार्य गरेर हिंसात्मक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रियाहरु