जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु

२०७४ बैशाख ५ गते, मंगलवार

काठमाडौं, ५ बैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडक स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि ट्रयाक खोलिए पनि सडकको नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती ब्यहोरिरहेका थिए । आउँदो भदौभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चनजंघा, पाण्डुकेशर र वाईपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । निर्वाचन क्षेत्र सडकअन्तर्गत ५ करोड लागतमा सडकको स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।
यसवर्ष ६ किलोमिटर ग्राभेलसहित नाली निर्माण, ग्याभिङ, फिलिङलगायतका काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक निर्माणपछि जिरीखिम्ती, आम्बुङ, मोराहाङ, श्रीजुङ, पौठाकलगायत गाउँबासीलाई सदरमुकाम म्याङलुङ्ग र पूर्वी तराईसम्म पुग्न सहज हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार