जहा प्लास्टिकका फोहोर दिएर पेटभरी खान पाइन्छ

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । यो दुनियाँमा एउटा यस्तो क्याफेमा छ जहाँ तपार्इं आफ्नो घरमा भएका प्लास्टिकका फोहोरको सहाराले पेटभर खान पाउनुहुन्छ । बेलायतको लण्डनमा रहेको द रबिस क्याफेमा तपार्इं लाई फोहोरको बदलामा खानेकुरा प्राप्त हुन्छ । उक्त क्याफेमा मनपर्ने स्न्याक्स वा खानाको मज्जा लिनका लागि घरमा रहेका प्लास्टिकका फोहोर लैजानु आवश्यक हुन्छ । तर एउटा शर्त के छ भने तपार्इंले लग्ने फोहोर रिसाइकल गर्न सकिने खालको हुनुपर्दछ ।
यो क्याफे महिनामा जम्मा दुई दिन मात्र खुल्दछ । ग्राहकले पैसा होइन, प्लास्टिकको फोहोरले खाएको बिल भुक्तान गर्दछन् । जो पहिले आउँछ उसैले पाउँछ भन्ने नीति अनुसार ग्राहकलाई खानेकुरा पस्किइन्छ । इ–कभर नामको संस्थाले वातावरण विनासको मुख्य कारकतत्वको रुपमा रहेको बढ्दो प्लास्टिक फोहोर कम गर्नका लागि यो नौलो सोचसहितको क्याफे खोलेको हो । -एजेन्सी।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु