जन्मिएको सत्र वर्षपछि थर र नागरिकता

२०७२ असार २१ गते, सोमबार

काठमाडौं, २१ असार । जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो ।
विसं २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर वंशजका आधारमा ‘भट्टराई’ कायम गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
सहायक महिला विकास निरीक्षक भुवन राई र बालअधिकार अधिकृत रविन राईले सनाखत गरी दिएपछि दुर्गाराजलाई प्रशासनले आइतबार नागरिकता दिएको हो ।
प्रेम सम्बन्धलाई २०५४ असोज ३ गते भागी विवाहमा परिणत गरेका बुबा विद्यापतिको मृत्यु भएको र उनीहरुको विवाह दर्ता प्रमाणपत्र नभएका कारण दुर्गाराजको हालसम्म थर कायम हुन सकेको थिएन ।
जिल्ला प्रशासनले भट्टराई थर कायम गरेर नागरिकता प्रदान गरेपछि दुर्गाराजलाई ‘भट्टराई’ मान्ने की ‘नेपाली’ मान्ने भन्ने लामो समयसम्मको अन्योल टुङ्गिएको छ ।
दुर्गाराजको थर कायम गर्न जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयले लामो समयसम्म कसरत गरेको थियो । छोरा जन्मिएको केही समयपछि २०६४ सालमै विद्यापतिको मृत्यु भएका कारण दुर्गाराजको थर कायम हुन नसकेको स्थानीयको भनाइ छ ।
कालिका निमावि दुवेकोलको कक्षा ८ मा अध्ययनरत दुर्गाराजले विद्यालयमा आफ्नो बिना थर ‘दुर्गाराज’ मात्रै लेख्दै आएका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार