जनप्रतिनिधिहरुको हर्कत : १० लाख लिएर भ्रमणमा निस्किए

२०७४ चैत्र ४ गते, आईतवार

काठमाडौं , ४ चैत । दैलेख जिल्लाका जनप्रतिनिधिहरु १० लाख लिएर एक हप्ताको भ्रमणमा निस्किएका छन् । दैलेख भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको टोली स्थिानिय संरचना सञ्चालन पशुपालानको विषयमा अध्यन गर्ने भन्दै १ हप्ताको भ्रमणमा निस्किएका हुन् । १० लाख रुपैयाँको बजेट छुट्याएर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा निस्किएपछि स्थानियहरुले उनिहरुको चर्काे विराध गरेका छन् । भ्रमण स्थानिय संरचना सञ्चालन र कृषिका विषयमा सिक्न भनेपछि भ्रमण टोलीका सदस्यहरु भने दार्र्जिलिङ्ग पुगेका सेल्फी खिचेका थिए । स्थानियहरु भने जिल्लाका स्वास्थ चौकीमा जिवनजल छैन, धारामा शुद्ध पिउने पानि छैन्, सडक छैन्, विजुली छैन, यस्तोमा १० लाख रुपैयाँ खर्च गरी भ्रमण गरेको भन्दै आलोचना गरिरहेका छन् ।
यस अघि ताप्लेजुङका जिल्ला शिक्षा अधिकारीसहित स्थानिय प्रतिनीधिहरुको टोली सामुदायीक स्कुलहरुका वारे अध्यनग गर्ने भन्दै १० लाख रुपैयाँ बजेट छट्याई भ्रमणमा निश्किएको थियो ।

प्रतिक्रियाहरु