५५ किलोमिटर लामो पुल !

२०७५ कार्तिक ६ गते, मंगलवार

काठमाडौं, ६ कार्तिक । चीनले संसारकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लम्बाइको उक्त पुलले चीनका स्वशासित क्षेत्र हङकङ र मकाउलाई चीनको मूख्य शहर झुहाईसँग जोड्नेछ । यो पुल हालसम्म संसारमा रहेका सामुद्रिक पुलमध्ये सबैभन्दा लामो हो । ९ वर्ष लगाएर उक्त पुल निर्माण गरिएको हो । पुल निर्माणमा २० अर्ब डलर खर्च भएको जनाइएको छ । राष्ट्रपति सि जिन पिङले पुलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन पश्चात् बुधबारदेखि मात्रै सवारी साधनका लागि पुल खुला गरिने चिनियाँ अधिकारीहरुले बताएका छन् । पुल निर्माणमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ । पुलले ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्नेछ । पुलबारे हङकङमा आलोचना भइरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु