काेराेना संक्रमितकाे संख्या ५४ लाख नघ्याे, २२ लाख ४७ हजार निकाे भए

२०७७ जेष्ठ ११ गते, आईतवार

काठमाडाैं, ११ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २२ लाख ४७ हजार ११० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । अहिलेसम्म विश्वभर काेराेनाका कारण ३ लाख ४३ हजार ७९९ ले ज्यान गुमाएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर झण्डै एक लाख काेराेना संक्रमित थपिएका छन् शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५३ लाख ३ हजार ३९३ थियाे । अहिले विश्वभर २८ लाख १० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९८ हजार ६८३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ६६ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ५६ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ४१ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजारकाे अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु