ग्रीसमा जनमत संग्रह हुदै

२०७२ असार २० गते, आईतवार

काठमाडौं, २० असार । खराब ऋणका कारण आर्थिक रुपमा टाट पल्टन लागेको यूरोपेली मुलुक ग्रीसमा आइतबार (आज) सहयोगका लागि ऋणदाताले राखेका सर्त मान्ने या नमान्ने भन्नेमा जनमत संग्रह हुँदैछ । ग्रीसका अर्थमन्त्रीले भने ऋणदाताहरुले जनतामा आतंक फैलाएको भन्दै आलोचना गरेका छन् ।
यसअघि प्रधानमन्त्री एलेक्सिस सिप्रासले पनि जनमत संग्रहमा अन्तर्राष्ट्रिय ऋणदाताले गरिरहेको ब्ल्याकमेललाई अस्विकार गर्न आम जनतालाई अपील गरेका थिए ।
ऋणदाताका शर्त अस्विकार गर्दैमा यूरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने दाबी प्रधानमन्त्री सिप्रासको छ ।यूरोपेली संघका नेताहरुले भने शर्त नस्वीकार्ने हो भने ग्रीस यूरोजोनबाट बाहिरिनुपर्ने चेतावनी दिइरहेका छन् ।गम्भिर आर्थिक संकटमा फसेको ग्रीस दाताहरुको ऋण चुकाउन नसक्दा टाट पल्टने अवस्थामा पुगेको छ ।दाताको शर्त नस्वीकार्ने हो भने ग्रीसको स्थिति झनै कमजोर बन्ने यूरोपीय संघका अध्यक्ष ज्या क्लाँड युंकरले बताएका छन् । जुन ३० मा अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न नसकेपछि ग्रीस खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।

प्रतिक्रियाहरु