ग्राहक ठग्दै एनसेल

२०७१ मंसिर ६ गते, शनिबार


काठमाडौँ । सस्तो तथा र्सवसुलभ सुविधा दिने भ्रम र्छर्दै एनसेलले ग्राहकलाई ठग्दै आएको एकपछि अर्को गर्दै खुलासा हुँदै आएको छ । विदेशी लगानीको मोबाईल सेवा प्रदायक एनसेलले विभिन्न स्किम ल्याएर घुमाउरो पाराले ब्यालेन्सको रकम काट्ने गरेको स्वयं ग्राहकहरुले तीब्र गुनासो गर्दै आएका छन् । एनसेलले आफ्नो हरेक विज्ञापनमा ल्याएको अफरमा ‘८’.३ डायल गरी उत्कृष्ट नेर्टवर्कमा मज्जाले कुरा गरौं’ भन्ने व्यहोराको प्रचार गर्छ । तर, उसको अफरमा ग्राहकले मज्जा लिनुभन्दा पनि नराम्ररी पीडित भएका छन् । एकाध बाहेक जुनसुकै अफरमा पनि एनसेलले दोहोरो फाइदा लिन्छ । उदाहरणको रुपमा एनसेलको सापटी योजनालाई लिऔँ, उसको सापटी योजनामा ग्राहकले ब्यालेन्स नभएको अवस्थामा जम्मा २० रुपैयाँ सापटी लिन सक्छन् । जुन सबै नेर्टवर्कमा कुरा गर्न सकिन्छ । तर जब ग्राहकले रिचार्ज गर्छन्, सबैभन्दा पहिले २ रुपैयाँ ५८ पैसा ब्याज असुलेर सापटी रकम काटिन्छ । सापटी भनिएको रकममा ब्याज असुल्नुले एनसेलको नियत प्रष्टिन्छ- उसले ग्राहकको सुविधाको लागि अफर ल्याएको कि ठग्न – सापटी लिएको भोलिपल्टै तिर्नुले २० रुपैयाँको २ रुपैयाँ ५८ पैसा ब्याज तिर्छ भने उ कति प्रतिशतमा ठगिएला – सजिलै अनुमान लगाउन सकिन्छ । सापटीको रुपमा लिइएको २० रुपैयाँको किन यत्रो चर्को ब्याज –
यसैगरी एनसेलको माइ फाइभ, मोवाइल डाटा, ब्यालेन्स ट्रान्सफरलगायतका सेवामा पनि अतिरित्त सेवा असुल्दै आएको छ । आफूलाई नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक दाबी गर्ने एनसेलले पछिल्लो समय ल्याइएको स्किम पनी कस्ता-कस्ता छन् भने- ‘एनसेलसँग सबै दङ्ग, एनसेल नेपालकै लागि’ आदि इत्यादि । एनसेलले जेजस्तो दाबी गरे पनि एनसेलले विभिन्न स्किममा बेचेको सिमकार्डको आधारमा उ ठूलो मोबाइल सेवा प्रदायक बनेको होइन । उसकै यस्तै भ्रामक प्रचारले ग्राहक आकषिर्त भए तर, टिकिरहेनन् । कैयौँ ग्राहकले त एनसेल फालेर अर्कै सिमकार्ड प्रयोग थालिसके । बालाजुका दिपक परियार यसका उदाहरण हुन् । उनले तीनवर्षघि मात्र ९९ रुपयाँ भनेर प्रचार गरिएको एनसेलको २ वटा सिमकार्ड लिए । सुरुमा राम्रो योजना लागेको बताउने उनले जब केही समय सीम चलाए उनी र्छलङ्ग भए एनसेलले पैसा त पत्तैै नपाई भुसुक्कै बनाएछ । ठगिएको थाहा पाएसँगै आफूले एनसेलको सिमकार्ड चलाउन छाडेको उनी बताउँछन् । एनसेलको एकपछि अर्काे ठगीका गुनासा आइरहँदा पनि ठूला मिडियाहरु भने चुपचाप छन् । केही पहिले एनसेलका हर्कतहरुबारे लेखेर कहिल्यै नथाक्ने अनलाइन र पत्रिकाहरु पनि अहिले चुप लागिसके, कारण स्पष्ट छ । तर, नेपाली मिडियाहरुले यसबारे थाहा नपाएजस्तो गरे पनि विदेशमा भने पहिल्यै एनसेल भ्रष्टचारी भएको र्सार्वजनिक भइसकेको छ, जसलाई स्विडिस पत्रिकाले र्सार्वजनिक गरिसकेको छ । यसबारे जान्न मन लागे एनसेलसँग सम्बन्धित समाचार गुगल गरेर हेरे पनि थाहा हुन्छ । उनीहरुले केही एनसेलका हर्कतबारे समाचार लेखे पनि अहिले सोसँग सम्बन्धित लिंक खोलिए समाचार हटाइएको देखिन्छ । बरु चर्चित अनलाइन र ठूला छापा तथा विद्युतीय माध्यममा एनसेलका गुनगान र गल्तीहरुलाई ढाकछोप गर्ने काम भइरहेको छ । नेपालभित्र एनसेलले आफूविरुद्ध आउनसक्ने सबै निकाय र व्यक्तिहरुको मुखमा बुझो लगाए पनि स्वीडेनको सञ्चार माध्यमहरुमा केही पहिले एनसेलले नेपालमा गरेको भ्रष्टाचारबारे विस्तृत रुपमा विवरण र्सार्वजनिक भएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कि नेपालमा एनसेलविरुद्ध कसैले एक शब्द बोल्दैन । नेपालमा र्सवप्रथम स्पाइस नेपाल कम्पनीका नाममा मेरो मोबाइलबाट व्यापार सुरु गरेकोमा पछि यो एनसेल हुन पुगेको थियो । सुरुवातदेखि नै यो अपारदर्शी ढङ्गले एकबाट अर्कामा स्वामित्व हस्तान्तरण हुँदै आइरहेको छ । सुरुमा राजेन्द्र खेतान ग्रुप र भारतको मोदी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्ने गरी लाइसेन्स प्राप्त गरेका थिए । तर, त्यसले सेवा सञ्चालन भने चार वर्षछि मात्र सुरु गर्यो । जुनबेला स्पाइसका मालिकका रुपमा तत्कालिन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह देखापरे । मोदी र खेतान समूहले लिएको लाइसेन्स कसरी राजगु्रपको हातमा पुग्यो त्यसबारे अहिलेसम्म कसैलाई केही जानकारी छैन । पछि स्वीडेन र फिनल्यान्डको संयुक्त लगानी रहेको टेलियासोनेराले राजबहादुर सिंहबाट ४ अर्ब २० करोडमा यो खरिद गर्यो र यसको नाम पनि मेरो मोबाइलबाट फेरेर एनसेल बनाइयो । तर, यो कारोबारको खुलासा कहीँ कतै भएन । त्यत्रो कारोबार हुँदा राज्यले कुनै राजश्व पाएन । राज ग्रुपबाट टेलियासोनेरामा स्वामित्व पुग्दा पनि सोझो तरिका अपनाइएको थिएन । बीचमा क्यारेबियन र साइप्रसका विभिन्न नाम मात्रका कम्पनीहरुले त्यसमा आफ्नो स्वामित्व देखाए । रेनोल्डस् होल्डिङ लिमिटेड, दाल्टो ट्रेड लिमिटेडजस्ता धेरै कम्पनीहरुको सेयर खरिद-बिक्री र थपघट भयो । अहिले नेपाली लगानीकर्ताको कम्तीमा २० प्रतिशत हिस्सा रहेकै हुनुपर्ने कानुनी बाध्यतालाई सम्बोधन गर्नका लागि मात्र सिनर्जी नेपालको नाममा केही नेपाली व्यापारीहरुको समूहलाई यसमा सहभागी गराइएको छ । तर, मुख्य लगानी भनेको टेलिलियासोनेराको नै हो । गएको नयाँ वर्षा भनिएको थियो १० जिबी डाटा खरिद गर्नेलाई एनसेल डाटा कनेक्ट सित्तैमा तर यस्तो होइन रहेछ । विज्ञापनमा चाहिँ यसो भनिएको थियो, ‘२९९९ रुपैयाँमा १० जिबी डाटाको साथमा २२५८ रुपैयाँ वरावरको डिभाईस सित्तैमा ।’ तर कुरो बुर्झदा १३ प्रतिशत भ्याट जोड्दा त ३३८९ रुपैयाँ, सतही रुपमा बुझदा एनसेलको प्रभावकारी सेवा । तर, भित्रीरुपमा बुझदा एनसेलको सेवा डरलाग्दो खालको रहेको एनसेल निकट स्रोत बताउँछ । यस्तै आकर्ष विज्ञापनको प्रचार गरेर ग्राहकलाई एनसेलले ठगी गर्दै आएको भन्दै सकेसम्म सीम नै नचलाउने चलाइहाल्नु पर्ने बाध्यता रहे सचेत हुनुपर्ने ती कर्मचारी नै बताउँछन् । यता केही दिन पहिले मात्रै एनसेलले ‘पैसा ब्याक नामको अफर भन्दै आफ्नो फेसबुक पेजमा पोष्ट गरेको थियो । त्यसविरुद्ध आक्रोशित हुँदै एक ग्राहकले कमेन्ट गरेका छन्- भारतमा कुनै पनि नेर्टवर्कमा कुरा गर्दा प्रति मिनेट १५ पैसा रोमिङबाहेक पर्दछ । तर, नेपालमा जुन नेर्टवर्कमा गरे पनि ३-४ प्रति मिनेट लिने गरिन्छ । नेटको लागि १०० रुपैयाँमा १ महिना थ्रिजी नेट अनलिमिटेड । तर, एनसेललले एन्ड्रोइड फोनमा डाटा भनी उपलब्ध गराएको फेसबुक ब्याकअनुसार पहिला मेन ब्यालेन्स कट गरेर मात्रै डाटा खाने काम गरी ठगी गरेको छ । यस्ताखाले विभिन्न गविविधिले गर्दा नै सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छ एनसेलले । एनसेलको फेसबुक पेजमा लगभग ७ लाख ५८ हजार जनाले लाइक गरेका छन् । यसरी लाइक उच्च हुनु एनसेललाई ग्राहकलाई माया गरेर होइन । यसका लागि उसले कस्ता दुःख गरेको छैन । आफ्नो पेसबुक लाइक उच्च देखाउन उसले लाइक किनेर बढाएको हो । यसो त एनसेलले आफ्नो पेजमा विभिन्न स्किमबारे जानकारी दिँदै पोष्ट गरे पनि त्यसमा तालीभन्दा गाली हुन्छ । समग्रमा कमेन्टमा लेखिएको हुन्छ, ‘एनसेलले खुलेआम ठगिरहेको छ ।’ माथि उल्लेख गरिएको कमेन्ट त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । तर, एनसेलले यसरी खुलेआम ठगी गरिहँदा पनि सम्बन्धित निकाय भने थाहै नपाएझैं गरी बसिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार