गौतमबुद्ध विमानस्थलको निर्माणकार्य ठप्प

२०७५ असार ६ गते, बुधबार

काठमाडौं, ६ असार । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य बिगत तीन दिनदेखि ठप्प भएको छ । विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले तेस्रो दिन पनि आन्दोलन जारी राख्दै निर्माणकार्य पूर्णरुपमा ठप्प पारेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जाको रकम प्राधिकरणमै अड्काएर राखेकाले मुआब्जा वितरणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । एक महिनाअघि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसके पनि प्राधिकरणका महानिर्देशक गौतमले उक्त रकम वितरणका लागि विमानस्थल आयोजनालाई पठाउनुको साटो अड्काएर राख्दा मुआब्जा नपाएको पीडितको गुनासो छ ।
गौतमले भने असार महिनाभित्रै निकासा भएको ५ अर्ब रुपैयाँ वितरण गरिने दाबी गरे पनि मुआब्जा नपाउँदा स्थानीय आक्रोशित भएका हुन् । पीडितहरुले महानिर्देशक गौतमको राजीनामा माग गरेका छन् । आन्दोलनको नेतृत्व गरिरहेका प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले नागरिक उड्ड्यन प्राधिकरणले आन्दोलनलाई हल्कारुपमा लिएकाले थप कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले अब आफूहरुको मुआब्जा वितरणमात्र माग नभइ महानिर्देशक गौतमको राजीनामासमेत आन्दोलनको ‘बटमलाइन’ हुने बताए । पीडितहरुको आन्दोलनलाई राजनीतिक दलले पनि समर्थन गरेका छन् । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले मुआब्जा नपाएका कारण किसानहरु निकै समस्यामा परेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार