गर्जियो अखिल क्रान्तिकारी

२०७५ जेष्ठ १ गते, मंगलवार

काठमाडौं, १ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ ।राजधानीको लैनचौरंको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट हुँदै नागपोखरी पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा विद्यार्थीहरुले स्वाधीनता र राष्ट्रियताको पक्षमा नारा घन्काएका छन् । उनीहरुले संगठको झण्डा र ब्यानर फहराउँदै केपी ओली सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई हालै नेपाल भ्रमणमा आएका बेला अरुण–३ जलविद्युत आयोजनाको शिलन्यास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । उक्त आयोजना सम्झौता राष्ट्रियताको विरुद्धको भएको भन्दै खारेज नगरिए जनताको साथ लिएर प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु