गंगालाल अस्पताल’ भ्रष्टाचारीको अखडा

२०७१ मंसिर २२ गते, सोमबार

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको आर्थिक विकृतिले अन्ततः सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई पनि गाँज्न पुगेको स्रोतले बताएको छ । नेपालमै र्सवसुलभ ढङ्गले मुटु रोगको अत्याधुनिक उपचार उपलब्ध गराउन स्थापना भएको अस्पताल
अहिले अस्पताल प्रशासनको लापरवाहीका कारण लथालिङ्ग र भताभुङ्ग हुने स्थितिमा पुगेको स्रोतको दाबी छ ।
अहिले अस्पतालका हरेक कार्य र क्षेत्रमा अनियमितता र भ्रष्टाचार हुने गरे को छ, अस्पताल प्रशासन मौन बसेर उक्त कार्यहरूलाई मौलाउने अवसर प्रदान गर्नमा उद्यत रहेको छ भन्ने स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले अस्पताल प्रशासन सम्हाल्नेहरू प्रायः सबै कमाउनमा लागे का छन् भने अस्पताल प्रमुखले मौन स्वीकृति दिएर उनीहरूलाई अझै अनियमितता गर्न उक्साइरहेका छन् । अस्पतालमा अहिले कुनै नियम, कानुन छैन, हाकिमहरूको आशर्ीवाद पाएपछि सबै काम वैद्य हुन्छन् , यसले गर्दा नै भ्र ष्टाचार मौलाउँदै गएको छ, भन्दै अस्पताल सम्बद्ध एक कर्मचारी भन्छन् , ‘नेपाली उखान जो अगु वा उही….. भने जस्तै अहिले अस्पतालका प्रमुख आफै ँ पारददर्शी हुन नसक्दा अस्पतालभित्र भ्रष्टाचार र अनियमितता मौलाएको हो भन्छन । उता अस्पतालमा उपचार गराउन पुग्ने असहाय, गरिब र विपन्न वर्गका बिरामीहरू अस्पताल प्रशासनको बेवास्ताका कारण थप प्रताडित बन्नु परेको गुनासो गर्छन् । यसै सिलसिलामा अस्पतालमा उपचार गराउन सुदूरपश्चिमबाट आएका एक बिरामीका आफन्त भन्छन् , ‘यहाँ त हामीजस्ता गरिबको कुरा सुन्ने को ही हुदारहेनछन् भन्दै आपू mले विपन्नवर्ग को है सियतले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्छन् र भन्छन्, यहाँ त विपन्नको सुविधा लिन पनि मन्त्री नै आफ्नो मान्छे हुनुपर्दोरहेछ कि अस्पताल प्रमुख र प्रशासनका आफन्त हुनुपर्दोरहेछ । हामीजस्ता दुःखीको कसैले वास्ता नगेेेछ भन्दै भावुक हुँदै गुनासो पोखे ।
गंगालाल अस्पतालभित्रको अनियमितता र सेवाको गिर्दो अवस्थाका बारेमा अस्पताल सम्बद्ध कर्मचारी समेतको गुनासो रहेको छ । अहिलेसम्म आफ्नो अस्पताल जनताको अस्पताल भएकोमा अहिले अस्पताल प्रशासनको लापरवाहीका कारण यो अस्पताल हुनेखानेको र पहुँचवालाको मात्र सीमित हुने दिशामा अगाडि बढेको भन्दै उनीहरू अस्पताल प्रशासनको यस्तो रबैयाको खुलेर विरोध गर्दछन् । नेपाली गरिब र विपन्नवर्गलाई र्सव सुलभ र सहुलितपूण ढङ्गले मुटु रोगको उपचार सेवा पुर्याउन महान् सहिदको नाममा स्थापना भएको अस्पतालभित्र यस्तो अनियमितता र भ्रष्टाचारको खेल हुनु आफैँमा दुभाग्यपूण भएको भन्दै आगामी दिनमा अस्पतालभित्र भएका अनियमितता र भ्रष्टाचार ती अनियमितता र भ्रष्टाचारमा संलग्न कर्मचारीको नालीबेली र्सार्वजनिक गर्न पछि नपने स्रोतले बतायो । यस सम्बद्धमा आगामी अंकमा थप प्रमाणसहितका तथ्यहरू उपलब्ध गराउने पनि स्रोतको दाबी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार